सेरेको भुतसंग जम्काभेट एकपल्ट शेरे बजारबाट फर्किदा रात परिसकेको रहेछ अनि उस्को घरसम्म पुग्न मसानघाटको बाटो हुँदै जानुपर्ने रहेछ । शेरे लाई एकदम डर लागेछ र मसानघाट सम्म पुगेपछी गाडीमा लिफ्ट माग्ने निधो गरेछ तर अफसोच कुनै गाडीले पनि लिफ्ट दिन मानेनछ अनि एउटा गाडी भने निकै स्लोमा आइरहेको रहेछ अनि तै मौका पारेर सेरे गाडीभित्र छीरेछ तर गाडिमा भने ड्राइभर नै रैनछ , गाडी मात्र गुडिरहेको रहेछ अब झन सेरेको मुटुमा ढ्याङ्गरो बज्न थालेछ तर जे परेपर्छ भनेर त्यै गाडीमा बसेछ एकछिन पछी पेट्रोल पम्प आएछ र गाडी बिस्तारै रोकिएछ , पेट्रोल पम्पबाट सेरेको घर नजिकै भएकाले उ गाडीबाट ओर्लिएछ । एकछिन पछि एउटा मान्छे फेरी तेस गाडीमा चढ्न आएछ अनी उस्ले त्यो मान्छेलाई उक्त घटनाबारे बताउने निधो गरेछ र भनेछ " दाई दाइ ! यो गाडिमा नजानुहोस् अघि भर्खर म मसानघाटको बाटो यै गाडीमा आको यो गाडी त भुतले चलिराथ्यो , झण्ड म बचेर आए " उक्त मान्छेले शेरेलाई एक झापड हानेछ र भनेछ " साले तेल सकिएर म भने गाडी धकेल्दै आइराथे त साले गाडीभित्र बसेर लोड बढाईराथिस ? " ...
Daily Update From All Around The World